कविता

गरेर देखाउँछु ।

नलिनुस है आमा पिर आमा गरेरै देखाउँछु ।
एक दिन त ठूलो मान्छे बनेरै देखाउँछु ।


सबैले भन्छन् घर छोडी मुग्लान गयो ।
एक दिन त यो जन्जिर चुडालेर देखाउँछु ।


नलिनुस है आमा पिर आमा गरेरै देखाउँछु ।
एक दिन त ठूलो मान्छे बनेरै देखाउँछु ।


नसोच्नु है मेरो कोख बाँझो पर्यो ।
एक दिन त पसिनाले अन्न फलाएर देखाउँछु ।


नलिनुस है आमा पिर आमा गरेरै देखाउँछु ।
एक दिन त ठूलो मान्छे बनेरै देखाउँछु ।