SAMPURNA YOG (COMPLETE YOG)

  • Post author:
  • Post published:October 5, 2019
  • Post category:Blog

योगी राजनको “ सम्पूर्ण योग “ प्रकाशित

भक्तपुर । भक्तपुर जिल्ला चाँगुनारायण नगरपालिका ६ मा अबस्थित निरु योगा होमस्टेका संचालक योगी राजन बाँस्तोलाद्दारा लिखित “सम्पूर्ण योग (भाग-१)” प्रकाशित भएको छ । ४ वर्षदेखि योग र होमस्टेको संचालन गरी हजारौं स्वदेशी तथा विदेशीहरुलाई सेवा पुर्याइरहेका राजनले योगसम्बन्धी लामो अध्ययन र अनुसन्धान पश्चात पुस्तक प्रकाशन गरेको बताएका छन् । आजको जस्तो व्यस्थताको समयमा योग तथा साधना केन्द्रमा पुगेर योगाभ्यास गर्न कठिन हुदै गइरहेको साथै टेलिभिजन र इन्टरनेटको माध्यमबाट योगको अभ्यास गर्दा मानिसहरु असावधानीका कारण झन् पिडीत भएकोले यस्ता समस्याबाट पाठकहरु मुक्त होउन् भन्ने उदेश्यले आफूले योगको सरल र अभ्यास गर्न सहज हुने किसिमले पुस्तक प्रकाशन गर्नुपरेको राजनले बताए । उनका अनुसार योगका प्रत्येक विधिको सवित्र व्याख्या , तरिका र सावधानीको बारेमा पुस्तकमा उल्लेख गरेकोले पुस्तकाकालाई योग सिकाउने गुरुकै रुपमा प्रयोग गर्न सकिन्छ । पुरै रंगीन पृष्ठहरुले सजिएको पुस्तकले योगको बिषयमा रुचि राख्ने , योग सिक्ने इच्छा भएका र योगका जानकार सबैको लागि उपयोगी रहेको उनको दावी छ । २१० पृष्ठको यो पुस्तकको मूल्य एक हजार रुपैयाँ रहेको छ । अहिले भक्तपुरका मुख्य मुख्य पुस्तक पसलहरुमा उपलब्ध यो पुस्तक छिट्टै नै राजधानी तथा मोफसलका प्रमुख शहरहरुमा उपलब्ध हुने जानकारी निरु योगा होमस्टेले गराएको छ ।

“Sampurna Yog” by Yogi Rajan Published

Bhaktapur.  Yog Guru of the Niru Yoga Homestay of Bhaktapur district, Changu Narayan municipality ward 6, Yogi Rajan Bastola has been able to publish his work “Sampurna Yog (part 1)”. He could publish this work after an extensive study and research on yoga and offering services to thousands of nationals and foreigners for more than four years under his teaching. It is not convenient to the all to practice Yog attending schools in the busy contemporary world. Moreover, practicing Yog through virtual environments like television and the internet invites many complications in the absence of a trainer. With this understanding in mind, Yogi Rajan embarked on to work a simplified version of a manual that will work for all. The outcome is the book. It is embedded with graphical explanation, methodology, and “do and do not”, therefore, can be used as a dependable prudent teacher while doing Yog anywhere. The quality of the content and print with elaborate illustrations can be a handbook to all those interested in Yog, practitioners, and intellectuals. It contains 210 pages and the price is NPRS 1000. Now it is available in all prime book shops in Bhaktapur. Shortly it will be available in Kathmandu valley and other outlets in the nation and abroad.

About book

Book publisher Niru Yoga homestay, Bhaktapur

Book Name: Sampurna Yog (सम्पुर्ण योग) (complete yog)

writer – Yogi Rajan Bastola

bibliography Page-204

Sampurna Yog |Title ISBN : 978-9937-0-5755-4

20190618

Cover Illustrations

My imagination of practicing Sampurna Yog.

Prise: USD 30

Nepalese: 1000

language Nepali

English: coming soon

cover layout:

https://katmanduyoga.com/yoga/wp-content/uploads/2019/07/sampurna-yog-nepal-by-yogi-rajan-bastola.jpg
Sampurna Yog (Complete Yog book)
Sampurna Yoga book back cover by Yogi Rajan Bastola

Book order Now

niruyogahomestay@gmail.com